Logo

Jul 20 2025 | २०८२, साउन ४ गते

Jul 20 2025 | २०८२, साउन ४ गते

भुटानविरुद्ध नेपालको ८-० को जित, पुर्णिमा र मीनाको ह्याट्रिक

भुटानविरुद्ध नेपालको ८-० को जित, पुर्णिमा र मीनाको ह्याट्रिक

  • काठमाडौँ । नेपालले साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको फराकिलो जित हासिल गरेको छ । बंगलादेशको ढाकामा सम्पन्न खेलमा नेपालले भुटानलाई ८-० गोल अन्तरले पराजित गरेको हो ।  नेपालको जितमा पुर्णिमा राई र मीना देउवाले  ह्याट्रिक गरेका थिए भने कुसुम खतिवडा र समिक्षा मगरले एक एक गोल गरेका थिए ।  

    images
    images
    images

    जारी प्रतियोगितामा नेपालले अहिलेसम्म खेलेका ५ खेलमा चार जितसहित १२ अंक हासिल गरेको छ । नेपालले दुवै पटक श्रीलंकाविरुद्ध ७-० गोल अन्तरले हराएको छ भने यस अघि भुटानलाई ६-१ ले पराजित गरेको थियो । त्यस्तै बंगलादेशसँग ३(२ गोल अन्तरले पराजित भएको थियो ।

    images

    त्यसैगरी भुटानले भने ५ खेलमा एक जित हासिल गरेको छ । भुटानले श्रीलंकालाई ५-० गोलले पराजित गरेको थियो भने बंगलादेशसँग ४-१ र ३-० को हार बेहोरेको थियो भने नेपालसँग ६-१ ले हार बेहोरेको थियो ।

    नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

    यस प्रतियोगितामा नेपालले अब अर्को खेल अन्तिम खेल जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij