
Jul 22 2025 | २०८२, साउन ६ गते
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज २१.७६ अंकले बढेर २८९२.७२ बिन्दुमा पुगेको छ ।
नेप्सेकाअनुसार आज १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सोमबार कारोबारमा आएकामध्ये १५३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९६ कम्पनीको घटेको छ ।
आज थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै गुमाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij