
Jul 23 2025 | २०८२, साउन ७ गते
काठमाडौं । सेयर बजारमा हरियाली छाउने क्रम जारी छ । साताको कारोबारको चौथो दिन बुधबार पनि नेप्से परिसूचक ५.१७ अंक (०.१७ प्रतिशत)ले बढेर २९७८.८८ बिन्दुमा पुगेको छ ।
यसअघि मंगलबार नेप्से परिसूचक ८०.९७ अंक (२.७९ प्रतिशत) ले बढेको थियो ।
आज कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ । अघिल्लो दिन २० अर्ब ८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएकोमा आज १९ अर्ब ५७ करोड ५२ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।
बुधबार कारोबारमा आएका कम्पनीहरुमध्ये ९८ को सेयर मूल्य बढेको छ भने १५२ को घटेको छ । ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीले सर्वाधिक कमाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij