Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

  • काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा साउन १३ गते सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती भएका मनिष थापा तथा प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकबाट प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा भएका ई.मिलनमान मास्केलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    साथै सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा विशेष बढुवा हुनुभएका ईश्वरी बहादुर पुन, चाम नारायण महतो र रित बहादुर बस्नेतलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

    AGNI GROUP

    गृह मन्त्रीस्तरको साउन १२ गतेको निर्णयले सशस्त्र प्रहरी नायव महानिरीक्षक र प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा पदोन्नती भएका हुन् ।

    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेश बहादुर ठाडा मगर लगायत सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृतहरु र विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij