Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा भिजिटर पास वितरण बन्द गर्ने जानकारी दिएको छ ।
विमानस्थलले सूचना जारी गर्दै आजदेखि भिजिटर पास वितरण बन्द गरेको जानकारी दिएको हो । सूचनामा भनिएको छ- 'त्रिभुवन अन्तर्राष्ट्रिय टर्मिनल अन्तर्राष्ट्रिय टर्मिनल भवनबाट आवागमन गर्नुहुने व्यक्तिगत सहायता आवश्यक पर्ने बृद्ध बृद्धा, शारीरिक रुपमा फरक क्षमता भएका यात्रु, गर्भवती एवं नाबालक यात्रुहरुका लागि सहायता कक्षको व्यवस्था गरिएको व्यहोरा विदितै छ ।
साथै व्हिलचेयर लगायत विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीको सहयोगमा सहजिकरण भैरहेको छ ।
चेक इन ब्यागेज संख्या र अधिकतम तौलको सीमा हवाई टिकटमा नै उल्लेख हुने भएकोले सोही व्यवस्थालाई पालना गरिदिनु हुन समेत अनुरोध गरिन्छ ।
यसै सन्दर्भमा यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णय अनुसार मिति २०८२/४/२७ गतेदेखि अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिस मार्फत वितरण हुँदै आएको भिजिटर पासको वितरण कार्य बन्द गरिएको व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध गरिन्छ ।'

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij