Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सशस्त्र प्रहरी बलले हतियार तथा सुरक्षासामग्री फिर्ता गर्न अनुरोध गरेको छ । आज एक सूचना जारी गर्दै जेनजी आन्दोलनका क्रममा केही व्यक्ति तथा समूहले नियन्त्रणमा लिएका सुरक्षा निकायका हात हतियार, गोलीगठ्ठा, पोशाक, संचार साधन लगायतका सुरक्षासँग सम्बन्धित सामग्रीहरु फिर्ता गर्न अनुरोध गरेको हो ।
पोशाक लगायतका सुरक्षा सामग्रीहरु दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालहरुमा अझै फोटो/भिडियो देखिएकाले कहीं कतै प्रयोग गरेको/ लुकाई राखेको खबर र सूचना पाएमा नजिकको सशस्त्र प्रहरीको कार्यालयमा सम्पर्क गर्न भनेको छ ।
आन्दोलनमा नियन्त्रणमा लिएका सामनहरु फिर्ता हुने क्रममा रहेको जनाउँदै फिर्ता गर्नेहरुलाई सशस्त्रले धन्यवाद समेत दिएको छ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij