Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित दुई पुरुष मृत भेटिएका छन् ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार कमल–५ पाडाजुंगी चौक बस्ने ६१ वर्षीय टेकबहादुर खड्का आफ्नै घरमा मृत भेटिएका हुन् । तिहार मान्न श्रीमती कविता खड्का चितवन माइत गएका बेला खड्काले आफ्नै कोठामा मृतावस्थामा भेटिएका थिए ।
घरमा नातिनी श्रृजा निरौलासँगै बसेका हजुरबुबा खड्कालाई बिहानपख उठाउन खोज्दा नउठेपछि ढोका खालेर हेर्दा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
मृतकका २८ वर्षीय छोरा सरोज खड्का २०७९ कात्तिक १६ गते सोही कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । बुवा र छोराको तीन वर्षको अवधिमा एकै किसिमको मरणले स्थानीय बासिन्दा दुखित हुनुपरेको स्थानीय युवराज खड्काले बताए।
यसैगरि दमक नगरपालिका–८ का ७१ वर्षीय अम्बिका खनाल आज बिहान आफ्नै घरमा मृत भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीले दुवै घटनामा कानुनी मुचुल्का पूरा गरी शव पोष्टमार्टमका लागि दमक अस्पतालमा पठाइएको प्रहरी निरीक्षक नविन राईले बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij