Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी आन्दोलनमा आगजनी गर्ने विरुद्ध जाहेरी दिने सर्वोच्चको तयारी

जेनजी आन्दोलनमा आगजनी गर्ने विरुद्ध जाहेरी दिने सर्वोच्चको तयारी

  • काठमाडौं । सर्वोच्च अदालत प्रशासनले जेनजी आन्दोलनका क्रममा अदालतमा आगजनी गर्नेहरूमाथि कानुनी कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिने तयारी गरेको छ । फरेन्सिक जाँचपछि मात्रै फोहोर उठाउनुपर्ने भन्दै सर्वोच्च प्रशासनले एक-दुई दिनमै जाहेरी दर्ता गर्ने तयारी गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    सर्वोच्च प्रशासनले आगजनीमा संलग्नलाई कुनै हालतमा छुट दिन नहुने अडान लिएको छ । जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालत, संसद् भवन, सिंहदरबारलगायतका प्रमुख सरकारी तथा निजी संरचनामा आगजनी र तोडफोड भएका थिए । ती घटनामा विभिन्न रसायन प्रयोग गरिएको आशंका गरिएको छ ।

    AGNI GROUP

    सरकारले यतिबेला आगजनी र क्षतिग्रस्त संरचनाहरूमा सरसफाइ र पुनर्निर्माणको काम अघि बढाएको छ । तर, कानुनी प्रक्रिया र प्रमाण संकलन पूरा नहुँदै ती कामले घटनाको यथार्थ पत्ता लगाउन गाह्रो पर्ने र दोषी उम्किने सम्भावना रहेको विशेषज्ञहरूको भनाइ छ ।

    गत भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनीमा महत्त्वपूर्ण कागजात र अभिलेख नष्ट भएका थिए । भवन क्षतिग्रस्त भएपछि हाल टेन्ट टाँगेर बन्दी प्रत्यक्षीकरण र रिट दर्ताको काम सञ्चालन भइरहेको छ ।

    अदालत पुनः सञ्चालनका तयारीका क्रममा हालै सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलमा पनि सर्वोच्च प्रशासनले फरेन्सिक जाँच र दोषीमाथि कडा कारबाहीको अडान दोहोर्‍याएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij