Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समिति बैठक

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समिति बैठक

  • काठमाडौँ  । गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    समसामयिक सुरक्षा परिस्थितिबारे छलफल गर्न सुरक्षा समितिको बैठक बोलाइएको मन्त्रालयका एक अधिकारीले बताए । बैठक केहीबेरमा सुरु हुँदैछ ।

    AGNI GROUP

    बैठकमा गृहसचिव रामेश्वर दंगाल, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले सहभागी हुनेछन् ।

    बैठकमा विभिन्न समूहले घोषणा गरेका प्रदर्शन र आन्दोलनका कार्यक्रमबारे समेत छलफल हुने बताइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij