Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

महिला क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानले दोस्रोपटक माग्यो आवेदन

महिला क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानले दोस्रोपटक माग्यो आवेदन

  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन फेरि एकपटक आह्वान गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    यसअघि गत साउनमा पहिलोपटक आवेदन खुलाइएको थियो । तोकिएको समयमा आवेदन प्राप्त नभएपछि फेरि खुलाइएको क्यानले जनाएको छ ।

    AGNI GROUP

    प्रायोजन रकम न्यूनतम वार्षिक ६० लाख रुपैयाँ तोकिएको छ । अवधि २ वर्ष रहनेछ र आपसी सहमतिमा बढाउन सकिने व्यवस्था छ । प्रायोजन अन्तर्गत ब्रान्डको लोगो जर्सीको अगाडि रहनेछ ।

    आवेदनका लागि सरकारी कानुनअनुसार अनुमति प्राप्त सबै ब्रान्डहरू सहभागी हुन पाउनेछन् । आवेदन जनवरी ४ को विहान ११ बजेभित्र क्यानको मुलपानीस्थित कार्यालयमा कम्पनीको लेटरहेडमा हस्ताक्षर र छापसहित बुझाउनुपर्नेछ । साथै ३० हजार रुपैयाँको धरौटी रकम सिद्धार्थ बैंक, हातिसार शाखामा जम्मा गर्नुपर्नेछ ।

    आवेदनसँगै कम्पनी दर्ता प्रमाणपत्र, प्यान/भ्याट प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, आवश्यक लाइसेन्स, कम्पनी प्रोफाइल, ब्रान्डिङ योजना र अघिल्लो प्रायोजन अनुभव (भए) पेश गर्नुपर्नेछ ।

    यसअघि पुरुष क्रिकेट टोलीको जर्सी प्रायोजक नासा सेक्युरिटिज बनिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij