Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । नेपाल सरकारले नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पदमा डा. गणेश प्रसाद पाण्डेयलाई नियुक्त गरेको छ ।
बीमा विज्ञको हैसियतमा नियुक्त गरिएका पाण्डेयको कार्यकाल ४ वर्षको हुनेछ।
प्राधिकरणको पाँच सदस्यीय सञ्चालक समितिमध्ये पछिल्लो समयमा जम्मा ३ सदस्य रहेकोमा गत महिना सन्तोष रिजालको कार्यकाल गत मंसिर १६ गते पुरा भएपछि जम्मा २ सदस्यमा सीमित हुन पुगेको थियो। दुई जना मात्र सदस्य रहेकाले गत मंसिर १७ गतेयता प्राधिकरणको सञ्चालक समिति बैठक बस्न सकेको थिएन।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij