Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महासंघका उपाध्यक्ष हेमराज ढकालको व्हाट्सएप ह्याक

महासंघका उपाध्यक्ष हेमराज ढकालको व्हाट्सएप ह्याक

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको व्हाट्सएप एकाउन्ट ह्याक भएको छ ।

    onlinepatrika
    Arghakhachi

    ढकालका अनुसार राति करिब ११ बजेदेखि उनका आफन्त, साथीभाइ तथा व्यवसायिक सम्पर्कहरूलाई व्हाट्सएपमार्फत “अत्यावश्यक पैसा चाहिएको” भन्दै सन्देश पठाउन थालिएको थियो ।

    AGNI GROUP

    नेपालभित्र मात्र होइन, विदेशमा रहेका चिनेजानेकाहरूलाई समेत धमाधम म्यासेज पुगेपछि कतिपयले प्रत्यक्ष फोन गरेर पैसा चाहिएको हो कि होइन भनेर सोध्न थाले । त्यसपछि मात्र आफू ह्याक भएको थाहा पाएको ढकालले बताए ।

    ह्याकरहरूले ‘सञ्जय कुमार राम’ नामको व्यक्तिको राष्ट्रिय वाणिज्य बैंकको क्यूआर कोड पठाएर रकम ट्रान्सफर गर्न आग्रह गरेको खुलेको छ ।

    ढकालले सबैलाई यस्ता सन्देशप्रति सतर्क रहन आग्रह गरेका छन् । साथै, आफूले कुनै पनि माध्यमबाट पैसा नमागेको स्पष्ट पारेका छन् । यस घटनाबारे साइबर ब्यूरोमा उजुरी दिने तयारी भइरहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij