Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत सुपर–८ मा आजर भारत र दक्षिण अफ्रिका खेल्दैछन् । गत संस्करणमा फाइनलमा भिडेका यी दुई टोली यसपटक सुपर ८ मा भिड्न लागेका हुन् ।
भारत र दक्षिण अफ्रिकाको खेलमा मोर्केल दाजुभाइ आमनेसामने हुँदैछन् । दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर मोर्ने मोर्केल र एल्बी मोर्केल दुई दाजुभाइ हुन् । मोर्ने भारतको बलिङ प्रशिक्षकको रुपमा कार्यरत छन् भने एल्बी दक्षिण अफ्रिकाको सल्लाहकारको रुपमा छन् ।
बीसीसीआईसँगको कुराकानीमा दुवैले भावनाले व्यावसायिक ध्यान कमजोर नपार्ने उल्लेख गरे । ‘उनी भारतको लागि काम गर्छन्, म दक्षिण अफ्रिकाको लागि काम गर्छु, र हामी दुवैको आइतबारको खेल जित्ने एउटै लक्ष्य छ’ एल्बीले भने, ‘परिवारले मजाक गर्नेछ । हामी धेरै शान्त र व्यावसायिक छौं ।’
दुवै टोली जारी विश्वकपमा अपराजित छन् । यो खेलमा पराजित हुने टोलीले यो विश्वकपमा पहिलो हारको स्वाद चाख्नेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij