Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

चितुवाको आक्रमण

ललितपुरमा एक जना घाइते

ललितपुरमा एक जना घाइते

  • काठमाडौं । ललितपुरमा चितुवाको आक्रमणमा परेर एक जना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    गएराति साढे ८ बजे ललितपुरको गोदावरी नगरपाललिका– ५ सुनारटोलस्थित गोरेटो बाटोमा चितुवाले आक्रमण गर्दा सोलुखुम्बु घर भएका ६१ वर्षीय रण बहादुर गर्तौला घाइते भएका हुन् ।

    AGNI GROUP

    उनी कामबाट घर आउने क्रममा गोरेटो बाटोमा एक्कासी चितुवाले उनलाई आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरेपछि घाइतेलाई बचाउने क्रममा स्थानीयले चितुवालाई मारेका थिए ।

    जिल्ला प्रहरी परिसर ललितपुरको मातहत प्रहरी चौकी लेलेबाट प्रहरी टोली खटेर  घाइतेलाई उद्धार गरी आफन्त समेतको सहयोगमा लगनखेलस्थित पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याएर उपचार भइरहेको छ ।

    मृत चितुवाको लागि जिल्ला बन कार्यालयसँग समन्वय गरेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij