Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौंमा २ वटा गाडीमा आगो लगाइएको छ । नैकाप र सुकेधारामा आगजनी गरिएको अवस्थामा गाडी फेला परेका हुन् ।
प्रहरीका अनुसार नैकापस्थित पुल नजिकै एउटा बा ७ च १४०१ नम्बरको भ्यान र सुकेधारामा अर्को बिएए २८३६ नम्बरको कार आगजनी भएको अवस्थामा फेला परेको हो ।
घटनास्थलबाट दुर्गा प्रसाईंसँग सम्बद्ध पर्चाहरू समेत फेला परेको प्रहरीले जनाएको छ । उनकै समूहमा रहेका व्यक्तिहरूले गरेको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको छ ।
दुर्गा प्रसाईंले फागुन २१ गते हुने निर्वाचन बिथोल्न खोजेको आरोप छ । उनी हाल जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij