Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने नेपाली प्रारम्भिक टिमको घोषणा

आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने नेपाली प्रारम्भिक टिमको घोषणा

  • काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने नेपाली प्रारम्भिक टिमको घोषणा गरेको छ । क्यानले क्लोज क्याम्पका लागि २९ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    क्यानले बोलाएका खेलाडीमा इन्दु बर्मा, पुजा महतो, रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, मनिषा उपाध्याय, रचना चौधरी, सोनी पाखरिन, साना प्रवीण, खुशी डंगोल, सम्झना खड्का, सुधा धामी, रुवि पोद्दार, किरण कुँवर, कविता जोशी, लक्ष्मी साउद, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, सीमाना केसी, राजमती ऐरी, अलिशा यादव, तृष्णा बिके, कुसुम गोदार, यशोदा बिष्ट, अञ्जी पाठक र रमा बुढाथोकी रहेका छन् ।

    AGNI GROUP

    रुवाण्डा क्रिकेट संघले आयोजना गर्ने पहिलो आइसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १२ देखि मे २ सम्म हुदै छ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरूमा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij