Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । यूएईसँगको दुई खेलको टी–२० सिरिज र विश्वकप लिग टूका लागि नेपाली टोलिको घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले दुई फरक प्रतियोगिताका लागि दुई टोलिको घोषणा गरेको हो।
टी–२० सिरिजका लागि क्यानले ठूलो फेरबदल गरेको छ। नियमित कप्तान रोहित पौडेल टोलिमा नपर्दा दीपेन्द्र सिंह ऐरीलाई कप्तानी दिइएको छ।
नेपालले २० र २१ अप्रिलमा यूएईसँग दुई खेलको टी–२० सिरिज खेल्दैछ। उक्त खेल फ्लडलाइटमा हुने क्यानले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij