Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

सुनको भाउ तोलामा आठ सय रूपैयाँ वृद्धि, चाँदीको पनि बढ्यो

सुनको भाउ तोलामा आठ सय रूपैयाँ वृद्धि, चाँदीको पनि बढ्यो

  • काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार तोलामा १२ सय रूपैयाँले घटेर कारोबार भएको सुनको भाउ बुधबार प्रतितोला आठ सय रूपैयाँ बढेको हो ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको दुई लाख ८४ हजार आठ सय रूपैयाँ निर्धारण भएको छ। अघिल्लो कारोबार दिन (मंगलबार) सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा खरिदबिक्री भएको थियो ।

    AGNI GROUP

    यस्तै, बुधबार चाँदीको मूल्य पनि वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला चार हजार चार सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार चाँदी चार हजार तीन सय ६० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा ५५ रूपैयाँ बढी हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij