Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । भारतीय महिला क्रिकेट कप्तान मिताली राज एक दिवसीय क्रिकेटमा सात हजार रन बनाउने विश्वकी पहिलो महिला क्रिकेटर बनेकी छन् ।लखनऊमा दक्षिण अफ्रिकाविरुद्धको चौथो एक दिवसीय खेलमा ३८ वर्षीया मिताली राजले कीर्तिमान बनाएकी हुन् ।अन्तर्राष्ट्रिय क्रिकेट खेलमा दस हजार रन पूरा गरेकी थिइन् । अन्तर्राष्ट्रिय क्रिकेट खेलमा यो कीर्तिमान बनाउने उनी दोस्रो महिला क्रिकेटर हुन् । आफ्नो करियरको २ सय १३ औँ एक दिवसीय भिडन्तमा मिताली राजलाई यो सफलता मिलेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij