
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत सोमबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ८०० रूपैयाँ कायम भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij