Logo

Jul 12 2025 | २०८२, असार २८ गते

Jul 12 2025 | २०८२, असार २८ गते

दूधको मूल्य बढाउन किसानको माग

दूधको मूल्य बढाउन किसानको माग

  • काठमाडौं । चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँले बढाउन भनेका छन् ।

    images
    images
    images

    राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेले प्रतिलिटर रु १४ ले किसानले पाउने गरी दूधको मूल्य बढाउनुपर्ने बताए ।

    images

    दाना चोकर र परालको मूल्यवृद्धिका कारण किसानको लागतसमेत उठ्ने अवस्था नरहेको भन्दै उनले दूधको मूल्य बढ्न नसके किसान पलायन हुने अवस्था आउने बताए । उनले किसान परिचयपत्रको व्यवस्था र आवश्यकअनुसारको अनुदानको व्यवस्था गर्न माग गरे ।

    ुकृषि तथा दुग्ध सहकारीको तथा व्यावसायिक फार्मको भौतिक पूर्वाधारमा राज्यले ८० प्रतिशत अनुदान दिनुपर्छु, उनले भने, 'कृषि कर्जालाई थप व्यवस्थित बनाउनुपर्छ ।'

    कृषक समाजका सल्लाहकार भगीरथ तिमल्सिनाले दूधको मूल्य राम्रो नभएको र किसानले नाफा अनुदान नपाएकै कारण पशुपालन धरासायी बन्दै गएको बताए । राज्यकै नीतिका कारण किसान दिनप्रतिदिन विदेश पलायन भइरहेको उनको भनाइ छ । नेपालमा २२ लाख घर परिवार दूध उत्पादन गरेर आत्मनिर्भर बनेको समाजले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij