काठमाडौँ । किसान लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैठकले हाल कायम चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार ५३० रुपैयाँको ७ प्रतिशत बोनस शेयर तथा ०.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
नेपाल राष्ट्र बैंक र किसानको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि प्रस्तावित बोनस सेयरधनीहरुलाई वितरण हुनेछ ।