Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

सुनको मूल्यमा वृद्धि

सुनको मूल्यमा वृद्धि

  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख १ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    images
    images
    images

    हिजो बिहीबार छापावाल सुन प्रतितोला एक लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । 

    यसैगरी शुक्रबार चाँदी तोलामा १२२० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij