
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ ८ सय रुपैयाँले बढेको छ । हिजो बिहिबार एक लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला एक लाख ९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै एक लाख ८ हजार पाँच सय रुपैयाँ कायम भएको तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख ९ हजार तीन सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य भने यथावत रहेको छ । अघिल्लो दिन एक हजार ३ सय साठ्ठी रुपैयाँ भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij