
Jul 23 2025 | २०८२, साउन ७ गते
काठमाडौं । नेकपा (संयुक्त)का नेता विष्णुबहादुर मानन्धरको चिर स्मरणमा आयोजित दोस्रो स्मृति दिवस मनाइयो । नेकपा (संयुक्त)की उपाध्यक्ष लक्ष्मी शाहको अध्यक्षतामा मैतिदेबी इन्दु भवनमा उक्त कार्यक्रम भएको हो । मानन्धरको प्रमुख भुमिका रहेको र आफ्नो राजनीति साधना र निष्ठाका लागि परिचित रहेको शाहले बताइन् ।
यस्तै, नेपाल साहित्य समाजका महासचिव तथा इन्जिनियर चन्द्रकान्त आचार्यले मानन्धर माक्सर्वादी दर्शन भएका सच्चा इमान्दार मजदुर नेताका रुपमा चिरपरिचित रहेको बताए ।
उक्त कार्यक्रममा अतिथि राजनीतिक विश्लेषक डा.सुरेन्द्र के.सी, नेकपा (संयुक्त)का सल्लाहकार डा. खेमबन्दु कोइराला नेपाल साहित्य समाजका महासचिव तथा इन्जिनियर चन्द्रकान्त आचार्य र अधिवक्ता विष्णुराम रन्जित, राजेन्द्र शाहको उपस्थिती रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij