
Jul 13 2025 | २०८२, असार २९ गते
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद बंगलादेश प्रस्थान गरेका छन् । बंगलादेशको ढाकामा हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन साउद आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार ‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नाराको उक्त सम्मेलनमा उनले यही वैशाख ३० गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्रमन्त्री साउदले भ्रमणका क्रममा बंगलादेश सरकारका उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट गर्नुका साथै सम्मेलनका क्रममा विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग पनि भेटघाट गर्नेछन् । उनी वैशाख ३१ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij