Logo

Jul 12 2025 | २०८२, असार २८ गते

Jul 12 2025 | २०८२, असार २८ गते

नयाँ सारथी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

नयाँ सारथी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

  • काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो ।

    images
    images
    images

    संस्थाका शेयरधनीहरु पुर्ण बहादुर खत्रीको नाममा रहेको १२ हजार कित्ता र रेशम राज विष्टको नाममा रहेको १० हजार ८३१ कित्ता गरी कुल २२ हजार ८३१ कित्ता शेयर संस्थाले बिक्रीमा ल्याएको छ ।

    images

    उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित गरिएकोमा सो अवधिमा कुनै पनि संस्थापक शेयरधनीबाट शेयर खरिदको लागि निवेदन नपरेकोमा एकिकृत निर्देशन अनुसार अव जो कोहिले सो शेयर खरिद गर्न सक्नेछन् ।

    उक्त शेयर खरिद गर्न इन्छुक व्यक्ति तथा संस्थाले ७ दिन भित्र संस्थाको प्रधान कार्यालय, धुलिखेल, काभ्रेपलान्चोकमा आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij