Logo

Jul 09 2025 | २०८२, असार २५ गते

Jul 09 2025 | २०८२, असार २५ गते

गढिमाईलाई सिभिल लघुवित्तको ऐना कोसेली !

गढिमाईलाई सिभिल लघुवित्तको ऐना कोसेली !

  • काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आफ्नो ११ औँ वार्षिकोत्सवको उपलक्ष्यमा गढीमाई मन्दिरलाई विभिन्न सामाग्री प्रदान गरेको छ । 

    images
    images
    images

    गढीमाई मन्दिर ट्रस्टका अध्यक्ष रामचन्द्र साह तेली, उपाध्यक्ष विश्वनाथप्रसाद कुशवाहा, सदस्य हरेन्द्रप्रसाद कुशवाहा तथा अनुसन्धान विभागका राजकरणप्रसाद यादवको रोहबरमा सिभिल लघुवित्तको शाखा कार्यालय गन्जभवानीपुरले २ वटा बेन्च, २ वटा डष्ट बिन तथा १ वटा ४×२ को ऐना हस्तान्तरण गरेको हो । 

    images

    विश्व प्रसिद्ध रहेको गढीमाई मन्दिर दैनिक रुपमा हजारौँ श्रद्धालु भक्तजन आउने गरेको हुनाले सिभिल लघुवितले श्रद्धालु भक्तजनहरुको थकाइ मेटाउन तथा आराम गर्नका लागि सामाजिक उतरदायित्वअन्तर्गत ती सामग्री प्रदान गरेको हो । संस्थाले  आवश्यकताअनुसार विभिन्न कार्यक्रम तथा सामाजिक काम गर्दै आइरहेको छ । 

    गढीमाई मन्दिर ट्रस्टको अध्यक्ष तेलीले गढीमाई मन्दिरको प्राँगणमा राख्न आवश्यक सामग्री हस्तानान्तरण गरेकोमा संस्थालाई धन्यवाद दिए । 

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij