
Jul 08 2025 | २०८२, असार २४ गते
काठमाडौं । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन बुझ्न अस्वीकार गरेका छन् । सभापतिले प्रतिवेदन बुझ्न नमानेपछि पार्टी कार्यालयमै बुझाउने तयारी भएको नेता गुरुराज घिमिरेले बताए ।
‘हाम्रो प्रतिवेदन बुझ्नका लागि सभापतिले समय दिनुभएन’, घिमिरेले भने, ‘समय नदिनु भनेको प्रतिवेदन बुझ्न अस्वीकार गर्नु हो । अब हामी पार्टी कार्यालयमा बुझाउँछौ ।’
देशव्यापी पार्टी रुपान्तरण अभियान चलाएका घिमिरेले केन्द्रीय समिति बैठकको सन्दर्भमा सभापतिलाई प्रतिवेदन बुझाउन लागेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij