Logo

Jul 08 2025 | २०८२, असार २४ गते

Jul 08 2025 | २०८२, असार २४ गते

डीएसपीलाई कसले कुट्यो ?

डीएसपीलाई कसले कुट्यो ?

  • काठमाडौँ । महोत्तरीको जलेश्वरमा नेपाल प्रहरीका नायव निरीक्षक (डीएसपी) चन्देश्वर यादवमाथि आक्रमण भएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत यादवमाथि जलेश्वर नगरपालिका–२ बसपार्कस्थित विद्यापति नगरमा कुटपिट भएको बताइएको छ ।

    images
    images
    images

    घटना बिहिबार राति १० बजेको हो । डीएसपी यादवले आफूमाथि आक्रमण भएको भनेर जानकारी गराएको मधेस प्रदेशका डीआईजी जनक भट्टराईले जानकारी दिनु भयो । उनले भने, ‘सत्यतथ्य छानबिन गर्न समिति बनेको छ, समितिले छानबिन गर्दै छ ।’

    images

    डीआईजी भट्टराईले घटना छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयका एसपी महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका छन् । आक्रमणबाट डीएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ । उनी उपचारका लागी काठमाडौंमा छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij