
Jul 07 2025 | २०८२, असार २३ गते
काठमाडौं । सुनजस्तो देखिने पहेँलो बिस्कुट आकारको धातुसहित एक महिला पक्राउ परेकी छन् । झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौंको जोरपाटीमा बस्दै आएकी ४५ वर्षीया कल्पना गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौंबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा यात्रारत गुरुङलाई चेकजाँच गर्नेक्रममा उक्त धातु बरामद भएको हो । घटनाबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij