
Jul 07 2025 | २०८२, असार २३ गते
काठमाडौं । संखुवासभा कारागारमा दुुईपक्षबीच भएको झडपबारे छानबिन गर्न समिति गठन भएको छ ।
घटनाको अनुसन्धानका लागि सोही कार्यालयका एसपी ऋषिराज कँडेलको नेतृत्वमा ४ सदस्यीय समिति बनाइएको छ । जसमा प्रहरी निरिक्षक जितेश दाहाल,सई रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई रहेका छन् ।
प्रहरीकै सम्लग्नतामा घटना भएको आरोप लागेपछि निष्पक्ष छानबिनका लागि समिति गठन गरिएको हो । कारागारको शौचालयको रड काटेर भाग्न खोजेका कैदीहरु आकाश बलामी र बिनोद तोलाङ्गेको २ पक्षबीच भएको झडपको क्रममा मृत्यु भएको थियो । कुटपिटबाट गम्भिर घाइते भएका २ जनाको उपचारका लागि लैजाँदा गर्दा मृत्यु भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij