
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । सप्तरी प्रहरीले होली पर्वलाई लक्षित गरी मंगलबार सुरक्षा योजना सार्वजनिक गरेको छ । यसका लागि रिजर्भ टोली, गाडी मोबाइल, पिकेट ड्युटी, पैदल गस्ती, चेकिङ टोली, आकस्मिक चेकिङ, क्यूआरटी परिचालन गरिने एसपी ढकेन्द्र खतिवडाले बताए ।
'११ प्रकारका ड्युटीमा ५ सय २३ प्रहरी परिचालन हुनेछन्,' उनले भने । राजविराजमा भने सुरक्षा निगरानीका लागि ड्रोनको समेत प्रयोग गरिनेछ ।
सिमानाकाका प्रहरी इकाइहरुले भारतीय प्रहरीसँग समन्वय गरी गैरकानुनी गतिविधि नियन्त्रण र रोकथाम गर्ने, जबरजस्ती रंग दल्ने, लोला हान्ने, मापसे गरी होहल्ला गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्ने एसपी खतिवडाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij