Logo

May 10 2025 | २०८२, वैशाख २७ गते

May 10 2025 | २०८२, वैशाख २७ गते

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा कायम भएको छ ।

    images
    images
    images

    युरोपियन युरो एकको खरिदर १५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रुपैयाँ १७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर १८२ रुपैयाँ २२ पैसा र बिक्रीदर १८३ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ  ७८ पैसा र बिक्रीदर ८८ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ।

    जापानी येन १० को खरिदर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा कायम भएको छ ।

    युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रुपैयाँ १० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij