
Jul 11 2025 | २०८२, असार २७ गते
काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान–२०८०’ बाट सम्मानित भएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा स्थापित सो सम्मान नेपाल जनप्रशासन सङ्घले श्रेष्ठलाई प्रदान गरेको हो । दुई लाख रुपैयाँ नगद राशिसहित २१औं संस्करणको सम्मान पूर्वप्रधान्यायाधीश श्रेष्ठलाई प्रदान गरिएको हो ।
काठमाडौंको सोल्टी होटेलमा आज बिहीबार आयोजित भव्य समारोहका बीचसर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उनलाई सो सम्मान प्रदान गरे ।
नेपालको न्यायिक निकायको नेतृत्व गरी त्यसको संस्थागत विकासमा उनले पुर्याएको अनुकरणीय योगदानको सम्मान गर्दै पूर्वप्राधानन्यायाधीश श्रेष्ठलाई सो सम्मान प्रदान गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij