Logo

Jul 23 2025 | २०८२, साउन ७ गते

Jul 23 2025 | २०८२, साउन ७ गते

जापानी कार कम्पनीको शेयर मूल्य बढ्यो

जापानी कार कम्पनीको शेयर मूल्य बढ्यो

  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–जापान व्यापार सम्झौताको घोषणा गरेपछि, जापानको निक्केई २२५ सूचकांकमा २.५ प्रतिशतभन्दा बढीले बढेको छ ।

    images
    images
    images

    टोयोटा, निसान र होन्डा जस्ता प्रमुख कार कम्पनीहरूको शेयरमा पनि उछाल देखिएको एनएचकेले उल्लेख गरेको छ ।

    images

    रिपोर्ट अनुसार, सम्झौता अन्तर्गत, अमेरिकामा जापानी कार निर्माताहरूमाथि लगाइएको हालको शुल्क घटाइने भएको छ । यसको पुष्टि गर्दै, जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अब जापानी कार कम्पनीहरूले अमेरिकामा निर्यातमा १५ प्रतिशत शुल्क तिर्नुपर्ने बताएका छन्, जुन पहिले २५ प्रतिशत थियो ।

    केही समय अघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तावित सम्झौता अन्तर्गत, जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्नेछ र १५ प्रतिशत पारस्परिक शुल्क तिर्नेछ । उनले जापान अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदारहरू मध्ये एक भएको समेत बताएका थिए ।

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij