Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमाले फुट्यो भनिए पनि जस्ताको तस्तै छः ओली

एमाले फुट्यो भनिए पनि जस्ताको तस्तै छः ओली

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटेको भनिए पनि जस्ताको तस्तै रहेको बताउँदै कार्यकर्ताहरूलाई नआत्तिन आग्रह गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    नेकपा एमाले खोटाङले शनिबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘पहिले पनि एमाले फुट्यो तर जस्ताको तस्तै, अहिले पनि फुट्यो भनियो तर जस्ताको तस्तै’ ओलीले भने ‘बरु झन् ठूलो भएको छ, त्यसैले आत्तिनु पर्दैन ।’ आगामी स्थानीय निर्वाचनमा पनि एमालेकै जित हुने उनले दाबी समेत गरेका छन् । 

    AGNI GROUP

    यस्तै, एमाले समृद्धिको पक्षमा उभिएकाले त्यसबाट आत्तिएर षड्यन्त्र गरेर परमादेशबाट हराइएको उनको जिकिर थियो ।‘एमाले जहिल्यै समृद्धिको पक्षमा उभिन्छ, मुलुक र जनताको पक्षमा उभिन्छ । त्यसैदेखि आत्तिएर जनादेशबाट बनेको सरकारलाई परमादेशले हरायो’ उनले भने । 

    खोटाङको कार्यक्रममा ओलीपत्नी राधिका शाक्य, नेता रामबहादुर थापा, एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायत नेता थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij