Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली छुट्टाछुट्टै दलका निर्वाचित जनप्रतिनिधिहरूलाई आफ्नो पार्टी प्रवेश गराउन वीरगञ्ज पुगेका छन्।
आज बिहाना साढे ११ बजेको उडानबाट ओली वीरगञ्ज गएका पर्साका एमाले नेता बसुरुद्दिन अन्सारीले बताए। वीरगञ्जमा आज आयोजना हुने कार्यक्रममा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ। मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा आज विभिन्न दलबाट जनप्रतिनिधि भएका १० जनाभन्दा बढीलाई एमाले प्रवेश गराउने कार्यक्रम रहेको बताइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij