Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पाँच दलीय सरकार आफै कुहिएर झर्ने  ओलीकोे दावी

पाँच दलीय सरकार आफै कुहिएर झर्ने  ओलीकोे दावी


  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय सरकार आफै कुहिएर झर्ने बताएका छन् । उनले एमाले भोटको नभई विकासको राजनीति गर्ने पार्टी भएको बताए । 

    onlinepatrika
    Arghakhachi

    बुधबार पार्टी निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने ‘यो सरकार तुरुन्तै ढलेन भने जति दिन रहन्छ त्यति देशलाई बर्बादीतिर धकेल्छ’। 

    AGNI GROUP

    उनले वर्तमान पाँच दलीय सरकार आफै कुहिएर फतक्क झर्ने पनि बताए । आफै ढल्ने सरकारमाथि एमालेलाई वर्तमान सरकार ढालेको वात नलागोस् भन्दै उनले सरकार कुहिसकेको बताए ।

    अहिलेको यो गठबन्धन सरकार दिगो नरहेको बताउँदै उनले भने, यो त कुहिसकेको छ । तर, कुहिएको फल पनि कुहिने वित्तिकै खत्रक झर्दैन’, ‘यो कुहिँदैछ । यो झर्ने बेलातिर जाँदैछ । यो झर्छ, झर्ने समय हामीले पर्खनुपर्छ’, ओलीले भने, ‘मर्नै लागेको मान्छे बाच्दै बाँच्दैन भनेपनि त्यतिबेला प्वाक्कै हिर्काएर त्यतिबेलै मर्यो भने ज्यान मुद्दा लाग्छ । त्यसैले यो सरकार ढाल्न हामी कोशिस नै गर्दैनौ । यो सरकार ढालेको वात पनि नलागोस्, आफै कुहिएर फतक्क झरोस् ।’

    पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले विकास र समृद्धिलाई पन्छाएर सत्तारुढ गठबन्धन र सरकारले भोटको राजनीति गरेकाले देशको अर्थतन्त्र चौपट भएको दावी समेत गरे ।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij