Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि लागेको आरोपको बारेमा धेरै नबोल्न आग्रह गरेका छन् ।
सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनमा गरेर मन्त्री शर्माले छानविन समितिको रिपोर्ट आएपछि धेरै कुरा प्रष्ट हुने बताउँदै यसबारे धेरै नबोल्न आग्रह गरेका हुन्। उनले भने, ‘छानविन गर्ने कमिटी बनाएका छौं । यो रिपोर्टले धेरै जानकारी दिन्छ ।’
कर्जा प्रवाहको लक्ष्य १९ प्रतिशत राखेको भए पनि ३२ प्रतिशत पुगेको भन्दै उनले भने, समयमा नियन्त्रण गर्न आवश्यक हो कि होइन भनेर काम गर्ने राष्ट्र बैंकले हो ।’
सरकारलाई असहयोग गरेको र अर्थसम्बन्धी नीतिगत सूचनाहरु बाहिर ल्याएको आरोप लगाउँदै गर्भनर अधिकारीलाई शुक्रबार सरकारले निलम्बन गरेको हो ।
विशेष गरी अधिकारीमाथि मुलुकको अर्थतन्त्रबारे गलत अफवाह फैलाएको र गम्भीर प्रकृतिको सूचना चुहाएको आरोप लगाइएको छ । गभर्नर अधिकारीको कार्यशैलीप्रति अर्थमन्त्री जनार्दन शर्मा असन्तुष्ट थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij