Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

भारतमा कोरोनाको चौथोँ लहरको संकेत

भारतमा कोरोनाको चौथोँ लहरको संकेत

  • भारतमा कोरोना महामारीको चौथोँ लहरको संकेत देखिन थालेको छ। त्यहाँ एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो २४ घण्टामा भारतभर २ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन्। अघिल्लो दिन थपिनेको संख्या १ हजार १ सय ५० थियो। त्यसैगरी पछिल्लो २४ घण्टामा २ सय १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    AGNI GROUP

    संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन्। उत्तर प्रदेशका केही सहरमा मास्क पुनः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ।

    भारतमा गत डिसेम्बरमा कोरोनाको तेस्रो लहर फैलिएको थियो। स्थिति सामान्य भएको दुई महिना नबित्दै फेरि संक्रमितको संख्या ह्वात्तै बढेको छ। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij