Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन अपिल

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन अपिल

  • हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश कमिटीले बागी उम्मेदवारीहरुलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेको छ  । 

    onlinepatrika
    Arghakhachi

    बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले विज्ञप्ती जारी  उम्मेवारी फिर्ता गर्न आग्रह गरेका हुन् ।उनले संविधान भत्काउने, संघीय लोकतान्त्रिक गणतान्त्रिक समावेशी व्यवस्थालाई कमजोर बनाउन उद्त शक्तिविरुद्ध गठबन्धन भएको उल्लेख गर्दै गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह पनि गरेका छन् ।

    AGNI GROUP

    विनम्रतापूर्वक बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको र फिर्ता नलिए कारबाही गर्ने बानियाँले जनाएका छन् ।मकवानपुरको १० वटै स्थानीय तहमा गठबन्धन भए पनि कैलाश, मनहरी, राक्सिराङ, ईन्द्रसरोबर र बकैया गाउँपालिकामा गठबन्धनको तालमेल विपरित उम्मेदवारी दर्ता भएको छ ।

    हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी, भीमफेदी, बागमती गाउँपालिकामा भने गठबन्धनमा भएको तालमेलअनुसार नै उम्मेदवारी दर्ता गरिएको छ । तर, वडास्तरमा भने तालमेल हुन सकेको छैन । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij