Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु सहित ५ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
इन्जिनियर, सव–इन्जिनियर तथा उपभोक्ता समितिका अध्यक्षसमेत ५ जना माथि गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
अख्तियारले छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत असिस्टेन्ट सव–इञ्जिनियर हस्त बहादुर मल्ल, इञ्जिनियर महेश सिंह कठायत, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्नादेवी हमाल विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा नगरपालिकाले वडा नम्बर २ मा पर्ने पैदल बाटोमा पक्की सिँढी निर्माण गर्ने गरी विनियोजन भएको रकम हिनामिना गरेको भन्दै उनीहरू विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको जनाइएको छ ।
वडा नम्बर २ स्थित अदालत चोकदेखि प्रशासनसम्मको सडक निर्माणको कार्यमा सब–इन्जिनियर तथा इन्जिनियरले वास्तविक कार्यभन्दा बढी कार्य भएको देखाई तयार पारेको नापी किताबमा प्रमुख प्रशासकीय अधिकृत सारुले सही गरी नापीको विवरणमा सहमति जनाएको अभियोगपत्रमा उल्लेख छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij