Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । निर्वाचन आचारसंहिता लागू भएपछि निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै एक दर्जनभन्दा बढी व्यत्ति, संघसंस्था र पार्टीलाई स्पष्टीकरण सोधेको निर्वाचन आयोगले जनाएको छ ।
उनीहरु प्राय सबैलाई चौबिस घण्टाको समय दिई स्पष्टीरकण सोधिएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता गत चैत २६ गतेबाट लागू भएको हो ।
आयोगले नेपाली कांग्रेसका नेता डा शशांक कोइराला, काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापित, नेकपा (माओवादी केन्द्र), कलैया उपमहानगरपालिका–२३ का वडाध्यक्ष बिक्रम साह,
यस्तै आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, निर्वाचन परिबेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेल,
यस्तै दुर्गा भगवती गाउँपालिका–४ का अध्यक्ष धर्मनाथ चौधरी,
यस्तै नेपाली कांग्रेस पार्टी, तिलोत्तमा नगरपालिका रुपन्देहीका प्रमुख बासुदेव घिमिरे, नेपाल राष्ट्र आधारभूत विद्यालय कपिलवस्तुका प्रधानाध्यापक प्रल्हाद पाण्डे, मेलम्ची नगरपालिका–१० का वडा अध्यक्ष पदका उम्मेदवार अमृत खनाल, यस्तै बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, महिला पुनस्र्थापना केन्द्र (ओरेक), लगाएतसँग स्पष्टीकरण सोधेको जनाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij