
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका सडक सफा गर्न आज असार १ गते बुधवारदेखि ब्रुमरहरुलाई पुनः सञ्चालनमा ल्याइएको छ ।
महानगरपालिकाका मेयर बालेन्द्र साहले त्यतिकै थन्किएका ब्रमरहरुलाई सामान्य मर्मत गरेर बुधवारदेखि पुनः सञ्चालनमा ल्याएको हो । बुधवार पहिलो दिन पाँच वटा ब्रुमरले सडक सफा गर्न थाल्ने महानगरको योजना छ । बिहिबार थप चार वटा ब्रुमर गरी कुल ९ वटा ब्रुमरले सडक सफा गर्नेछन् ।
साहका अनुसार काठमाडौँलाई धुलोरहित बनाउने अभियानमा ब्रुमरले सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij