Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू हेरफेर गर्ने निर्णय सकेसम्म चाँडो कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ ।
एकीकृत समाजवादीको बिहीबार बसेको सचिवालय बैठकपछि पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले मन्त्री परिवर्तन गर्ने निर्णय कार्यान्वयन हुने बताएका हुन्।
मन्त्रीहरू हेरफेर गर्ने निर्णय सकेसम्म चाँडो कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उपमहासचिव खतिवडाले भने, “अब दिनहरूमा होइन, घण्टाहरूमा मन्त्रीहरू हेरफेर गर्ने दिशामा लागिरहेका छौं,”।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij