Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

घुस लिएको आरोपमा विद्यालयका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध मुद्दा

घुस लिएको आरोपमा विद्यालयका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध मुद्दा

  • महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानले घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    श्री मावि एकडारामा कार्यरत दुवै जना सेवाग्राहीसँग ५० हजार घुस लिएको आरोपमा गत जेठ १९ गते पक्राउ परेका थिए । उक्त रकम घुस नै भएको अख्तियारले पुष्टि गरेको हो ।

    AGNI GROUP

    विद्यालयको खेलकुद मैदान स्त्ररोन्ति गर्ने क्रममा विभिन्न बहानामा काम गर्न नदिएर अध्यक्ष र प्रधानाध्यापकले ५० हजार घुस लिएको आरोप लागेको थियो । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास र टङ्गालबाट खटिएको टोलीले ५० हजार घुस लिइसकेपछि पक्राउ परेका आरोपितद्वयलाई कारवाहीको लागि मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम भण्डारीका अनुसार पुष्टि भएसँगै निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९  को दफा ३९१० बमोजिमको कसुर भएको हुँदा सोहीअनुसार कायम गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij