Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सवारी दुर्घटनामा एक जनाको मृत्यु

  • काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–३ ग्राण्डी पछाडिको सडकमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । बागमती प्रदेश-०२ ०२९ प १०९८ नम्बरको स्कुटर र बा ९६ प २४४५ नम्बरको मोटरसाइकल आज बिहान ११ बजे ठोक्किएका थिए ।

    images
    images
    images

    दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते भएकी स्कुटर चालक काठमाडौंको तारकेश्वर नगरपालिका–९ बस्ने १९ वर्षिया रोजिना महर्जनको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । 
    घाइते भएका मोटरसाइकल चालक टोखा नगरपालिका ३ का २८ वर्षिय समिर श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij