Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौँ। आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपियाँले घटेर प्रतितोला ९५ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपियाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार नौसय रुपियाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij