
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका - १८ नरदेवीमा गैरकानुनी रूपमा भन्सार छलि ल्याएको सामान बरामद गरेको छ । १ हजार ९ सय ६ थान छालाको पेटी र ५ हजार २ सय ९४ थान छालाको पर्स सहित नियन्त्रणमा दिएको हो ।
काठमाडौँ ठँहिटी बस्ने सप्तरी राजविराज नगरपालिका - ४ घर भएका ४२ वर्षीय गणेश भगतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उक्त स्थानमा भन्सार छलिको सामानहरु लुकाई राखेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उक्त छालाको पेटी र पर्स सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौंचर काठमाडौँ पठाएको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij